काठमाडौँ।

सिद्धलेख गाँउपालिकाको औषधि खरिदको बिषयलाई लिएर प्रकासित भएको समाचारको खण्डन गर्दै सञ्जु श्री मेडिसिन सप्लायर्सले प्रेस विज्ञप्ति जारि गरेको छ। औषधि खरिदको बिषयलाई लिएर प्रकासित भएको समाचार भ्रामक भएको र तेस्ता भ्रमपूर्ण समाचारको विश्वास नगर्न सिद्धलेक बासि जनसमुदायलाई प्रेस विज्ञप्तिमा आग्रह गरिएको छ।
गाँउपालिकाले सूचना प्रकासित गरेर सिलबन्धि कोटेशन माग गरे अनुसार आफुले पनि सिलबन्धि कोटेशन पेश गरेको र उक्त प्रक्रियामा पेशहुन आएका सिलबन्धि कोटेशन मध्य सारभूत रुपमा प्रभाबग्राही कम मुल्याङ्कित भई स्वीकृत भए अनुसार सामान आपूर्ति भएको फर्मले जनाएको छ। आपूर्ति गरिएका औषधिहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुसार WHO GMP प्रमाणित कम्पनि द्वारा उत्पादित गुणस्तरीय औषधि भएकाले भ्रामक समाचारको भ्रममा नपरी ढुक्क भएर औषधि प्रयोग गर्नहुन फर्मले आग्रह गरेको छ।
औषधि खरिद प्रकृयामा सिद्धलेख गाउँपालिका वडा नं.४ का श्री भरत मणी सिलवाल लाई जोडेर आएको समाचार प्रती फर्मले खेद प्रकट गरेको छ। औषधि व्यवसाई भएको नाताले उहाँको कम्पनि सँग फर्मले कोही औषधीहरु खरिद गरी त्यस गाउँपालिकामा उपलब्ध गरायको र आफुले आपुर्तिगर्ने औषधि काँहाँबाट खरिद गर्ने भन्ने स्वतन्त्रता फर्ममा निहित हुने भन्दै आफ्नो सम्बन्धनै नभएको खरिद प्रकृयामा जोडेर उहाँको चरित्र हत्य गर्ने कोशिस गरियकोमा फर्मले खेद प्रकट गर्दै यसबाट उहाँलाइ पर्नगयको नैतिक आघात प्रति दुःख ब्यक्त गरेको छ।
फर्मले मु. अ. कर खातामा दर्ता भएको फर्मको सक्कली बिललाई नक्कली बिल भनि प्रकासित समाचार प्रति खेद प्रकट गर्दै COVID-19 को कारणले सिर्जित विषम परिस्थितिमा पनि समयमै औषधि आपूर्ति गराई सिद्धलेख बासि जनताको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरेको छ।
यस बिषयमा औषधि व्यवसायी भारत मणि सिलवाल संग कुरा गर्दा सञ्जु श्री मेडिसिन सप्लायर्सले आफुसंग केहि औषधि खरिद गरेको र लक डाउनको कारण आपूर्तिमा समस्या आउदा आफु सिद्धलेककै भएको कारण र समयमै औषधि उपलब्ध होस भन्ने चाहना अनुसार औषधि ढुवानीमा सहयोग गर्दा आफ्नो नाम समेत जोडेर चरित्र हत्या गरेकोमा दु:ख व्यक्त गर्दै यस्तो विषम परिस्थितिमा समयमै औषधि उपलब्ध गराउन सहयोग गरेर आफुले कुनै गल्ति नगरेको बताउनु भयो।

* प्रेस विज्ञप्ती *
सिद्धलेख बासि जनसमुदायलाई भ्रममा नपर्न अनुरोध
सिद्धलेख गाँउपालिकाको औषधि खरिदको विषयलाई लिएर दियो पोष्टमा प्रकासित भएको समाचारले यस फर्मको ध्यानाकर्षण भएको छ र उक्त भ्रमपुर्ण समाचारको पुर्णरुपमा खण्डन गर्दै निम्न कुराहरु प्रस्ट पार्न चाहान्छौ ।
१. गाँउपालिकाले सुचना प्रकासित गरेर सिलबन्धि कोटेशन माग गरे अनुसार यस फर्मले पनि सिलबन्धि कोटेशन पेश गरेको र उक्त्त प्रकृयामा पेशहुन आएका सिलबन्धि कोटेशन मध्य सारभुत रुपमा प्रभाबग्राही कम मुल्यअंकित भई स्वीकृत भए अनुसार सामान आपुर्ति भएको हो ।
२. त्यस खरिद प्रकृया अन्तर्गत यस फर्म बाट सम्पुर्ण औषधिहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ध्ज्इ न्ःए प्रमाणीत कम्पनि द्धारा उत्तपादित गुणस्तरीय औषधिहरु आपुर्ती भएका छन । गुणस्तर हिन भनि प्रकासित भ्रामक समाचारको भ्रममा नपरि ढुक्क भएर औषधि प्रयोग गर्नुहुन अनुरोध छ ।
३. यस फर्म बाट पेश गरियको बिल लाई नक्कली बिल भनि प्रकासित समाचार प्रति खेद प्रकट गर्दछु । उक्त्त बिलहरु मु.अ.कर खातामा दर्ता भएको सक्कली बिल भएको प्रस्ट पार्न चहान्छु ।
४. यस फर्मले आपुर्ति गरेको मुल्यलाई स्वस्थ्य सेव बिभागले खरिद गरेको मुल्यसँग तुलना गरि अतिरन्जि बनाउन कोशिस गरियको छ । खरिद गरियको सामानको परिमाण,ब्राण्ड,ढुवानि तथा खरिद प्रकृयाका सर्तहरु अनुसार खरिद प्रकृयाका मुल्यहरु फरक फरक हुन्छन । यस फर्मले पेश गरेको सिलबन्धि कोटेशन अन्य फर्मले पेश गरेको सिलबन्धि कोटेशन भन्दा कम मुल्यअंकित भएरनै स्वीकृत गरियको हो तथा आपुर्ति गरियका औषधिहरु नेपाल सरकारले तोकेको अधिक्तम बजार मुल्य भन्दा कम मुल्यमानै आपुर्ति गरियको प्रस्ट पार्न चाहान्छु ।
५. यस खरिद प्रकृयामा सिद्धलेख गाउँपालिका वडा नं.४ का श्री भरत मणी सिलवाल लाई जोडेर आएको समाचार प्रती यस फर्मले खेद प्रकट गर्दछ । औषधि व्यवसाई भएको नाताले उहाँको कम्पनि सँग यस फर्मले कोही औषधीहरु खरिद गरी त्यस गाउँपालिकामा उपलब्ध गरायको हो । आफुले आपुर्तिगर्ने औषधि काँहाँबाट खरिद गर्ने भन्ने स्वतन्त्रता यस फर्ममा निहित हुन्छ । आफ्नो सम्बन्धनै नभएको खरिद प्रकृयामा जोडेर उहाँको चरित्र हत्य गर्ने कोशिस गरियकोमा यस फर्म खेद प्रकट गर्दछ र यसबाट उहाँलाइ पर्नगयको नैतिक अघात प्रति दुःख ब्यक्त गर्दछ ।
६. COVID-19 को कारणले सिर्जित बिषम परिस्थितीमा पनि समयमै औषधि आपुर्ती गराई सिद्धलेख बासि जनताको सेवा गर्न पाएकोमा यस फर्म गौरभ महशुस गर्दछ तथा यस फर्मको गुडविलमा असर पर्ने यस्ता भ्रामक समाचारको भ्रममा नपर्न सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ ।
















