पोर्चुगलका राष्ट्रपतिले जब समुन्द्रमा कायक पल्टिएर डुबिरहेका डुबेका दुई महिलाको पौडी खेलेर उद्धार गरे …

लिस्वन ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले समुन्द्रमा डुबिरहेका दुई महिलाको उद्धार गरेका छन् । स्थानीय काउन्सिलको एक कार्यक्रममा भाग लिन अल्गार्भ पुगेका उनले अल्भोरको समुद्री किनारबाट महिलाहरुको उद्धार गरेका हुन् ।

समुन्द्रमा कायकमा सयर गरिरहेका दुवै महिलालाई समुन्द्री छालले कायक पल्टाई दिएपछि उनीहरुहरु समुन्द्री छालबाट उम्किन निकै संघर्ष गरिरहेका थिए। कायक ढल्किएको देख्नेबित्तिकै सोही स्थानमा रहेका राष्ट्रपति मार्सेलोले आफै समुन्द्री छालमा हाम फालेर पौडिदै दुबै महिलाको उद्धार गरेका हुन् ।

एसआईसीले खिचेको रेडियोको भिडियोले राष्ट्रपतिलाई पौडी खेलेको देखियो जहाँ अर्को व्यक्तिले जेट स्कीमा लाइफगार्ड अघि महिलालाई सहयोग पुर्याउन खोजिरहेका थिए ।

राष्ट्रपति मर्सेलोले भने, ‘ती महिलाहरू अर्को समुद्र तटबाट आएका थिए । उनीहरूले धेरै पानी निलेका थिए । भाग्यवस दुबै युवतीलाई उद्धार गर्न सफल भयौं ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार