लिस्वन ।

सन् २०१९ मा पोर्चुगलमा वियरको उत्पादनमा बृद्धि भएको एक अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार गतबर्ष पोर्चुगलमा मात्रै ७२९ मिलियन लिटर बढि वियर उत्पादन भएको थियो । जुन अघिल्लो बर्षको तुलनामा बढि हो ।
यूरोस्ट्याटले गरेको अध्ययनमा अघिल्लो बर्षको तुलनामा २०१९ मा १५ मिलियन लिटर बढि वियर उत्पादन भएको थियो ।
पोर्चुगलमा ५४ मिलियन लिटर वियर खपत भयो भने अन्य बाँकी सबै निर्यात भएको थियो ।
तथ्यांकअनुसार घरेलु खपतमा पोर्चुगल २४ औं युरोपियन मुलुकभित्र पर्दछ ।
















