लिस्बन।

लिस्बनको एक कबाब स्टोरको मालिकलाई ग्राहकले बन्दुक तेर्स्याएको खबर बाहिरिएको छ।
ओदिभेलासमा अवस्थित उक्त कबाब स्टोरमा भित्र र बाहिर बसेका मान्छेहरुलाई त्रसित गर्दै गर्दा प्रहरी आइपुगेपछि उनले फोहोरको डुंगुरमा बन्दुक लुकाएका थिए।
शुक्रवार राति भएको उक्त घटनामा बन्दुक बोकेर आउने ग्रहाकलाई प्रहरीले पक्राउ गरेको छ।
लामो समयसम्म खानाको लागि कुर्नुपरेपछी दिक्क भएर कबाब स्टोरका मालिकलाई बन्दुक तेर्स्याएको उनलाई प्रहरीलाई बयान दिएका छन्।
















