पोर्चुगल : लिरियामा कार दुर्घटना, १० बर्षे बालिकाको मृत्यु, २ जना घाइते

लिस्बन।

लिरियामा कार दुर्घटना हुदा १० बर्षिया बालिकाको मृत्यु भएको छ। सो दुर्घटनामा २ जना घाइते भएका छन्।

शनिवार करिव ४ बजेतिर भएको सो दुर्घनामा घाइते भएका ५१ बर्षे बृद्ध र ५ बर्षिया बालिकाको घटनास्थलमै उपचार भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

दुर्घटनामा कार उल्टो पल्टिदा कार भित्र सवार यात्रुहरु भित्रै अड्किएका थिए। उनीहरुलाई प्रहरी सहितको टोलीले उद्धार गरेको थियो।

घटनास्थलमा उद्धारका लागि बारुण यन्त्र, एनेम एम्बुलेन्स , जिएनार प्रहरी सहित १९ उद्धार युनिटहरुले सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार