नेपाली किशोर बने बिश्व पाना च्याम्पियन ( भिडियो सहित् )

काठमाडौं |

नेपाली किशोर शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जितेका छन् ।

डेनमार्कको कोपनहेगनमा शनिबार भएको वर्ल्ड पाना च्याम्पियनशीप– २०२० मा १३ वर्षीय रानाले उपाधि जितेका हुन् । एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल अमेरिका र यूरोपमा स्ट्रिट गेमको रुपमा चर्चित छ । उनले ७ खेल खेलेका थिए । तीन खेलमा ३ पाना (नकआउट) भए भने बाँकी ४ खेल जितेका थिए । खेलमा डेनमार्क दोस्रो र जर्मनी तेस्रो रह्यो ।

वर्ल्ड पाना च्याम्पियनशीप– २०१९ मा उनी तेस्रो भएका थिए ।

डेनिस सुपरलिग खेल्दै आएको ए डिभिजनको लिङ्बी ब्लोड क्लबका फुटबल खेलाडी शाश्वतले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए । २००७ मा कोपनहेगनमा जन्मिएका शाश्वत बुवा विवेक राना र आमा सुशीला हमालसहित कोपनहेगनमै बस्छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार