बार्सिलोनाका मिरालेम’लाई कोरोना संक्रमण, ला लिगाको सुरुवाती खेलबाट बन्चित

बार्सिलोना।

बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिचलाई कोरोना भाइरसको संक्रमण भएको छ। बार्सिलोनाले यसै सिजन क्लबमा आबद्ध भएका प्यानिचलाई कोरोना भएको आइतबार पुष्टि गरेको हो।

३० वर्षीय बोस्नीयाका खेलाडीको स्वास्थ्य राम्रो भएको तथा उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेको बार्सिलोनाले जनाएको छ। १५ दिन भित्र कोरोनाको नेगेटिभ नजिता आए उनी बार्सिलोना भ्रमण गर्न सक्नेछन्।

प्यानिच यसै सिजन इटालियन सिरि ए च्याम्पियन युभेन्ट्सबाट बार्सिलोना आएका थिए। बार्सिलोनाले ब्राजिलियन खेलाडी अर्थरसँग प्यानिचको ‘स्वाप डिल’ (साटफेर) गरेको थियो।

सिजन २०१९-२० को ला लिगामा दोस्रो भएको बार्सिलोनाले सिजनमा कुनै पनि उपाधि जित्न सकेन। जसका कारण बार्सिलोना १२ वर्षमा पहिलोपटक उपाधिबिहीन बन्न परेको थियो।

सिजन २०२०-२१ को ला लिगाको सिजनको सुरुवात बार्सिलोनाले १२ सेप्टेम्बरदेखि गर्दैछ। कोरोना लागेका प्यानिचले भने सिजनका सुरुवाती खेल गुमाउने भएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार