नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एकको मृत्यु

– रबिन्द्र यादव, नवलपरासी।

सरवावल गाउँपालिकामा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ बड्हरा बस्ने बर्ष ४८ काे नरेश गुप्ता रहेको त्रिबेणी आर्मी क्याम्पले जनाएको छ ।

खेतमा माछा मार्न गएकाे अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि त्रिबेणी स्थित त्रिबेणी आर्मी क्याम्पमा पुर्याइएकाे थियो ।

थप उपचारका लागि बुटवल लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको समाजसेवी जन्मेजय यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार