पोर्चुगलमा नेपाली : एक नेपाली चेलीको निधन, समुदाय शोकमा – नौ महिनामा १२ नेपालीको ज्यान गयो !

लिस्बन ।

पोर्चुगलमा एक नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ। उनि एक बर्ष अगाडी मात्रै पारिवारिक पुनर्मिलन भिषामा पोर्चुगल आएकी थिईन्।

स्याङग्जा जिल्लाको अर्जुन चौपारी गाँपा – ५ जन्मघर भई भएकी रेनुका पौडयाल खनालको स्तन क्यासरवाट हिजो अगस्ट २७ तारिख विहान ६:३० बजे साउ जोसे अस्पताल लिस्बनमा उपचारका क्रममा निधन भएको गैह्र आवासिय नेपाली संघ पोर्चुगलले जनाएको छ । रेनुकाको असामायिक निधनले पोर्चुगलको नेपाली समुदाय फेरी शोकमा डुबेको छ।

पोर्चुगल आएसंगै बिरामी भएपछि उनको एक बर्षदेखी किमोथेरापी पद्धतीले उपचार भईरहेको पारिवारिक श्रोतले जनायो।

मृतक रेनुका आफ्ना श्रीमान् र एक बर्षकी छोरीका साथ पोर्तुगल बस्दै आएकी थिइन् । उनीहरुका अर्का १० बर्षिय एक छोरा नेपालमा अध्यनरत छन् ।

संघका अनुसार परिवारसंगको सल्लाह र सहमतिमा भोलि अगस्ट २९ तारिख उनको अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार गरिने तय भएको छ ।

बिगत ९ महिनामा मात्रै पोर्तुगलमा १२ जना नेपालीहरुले ज्यान गुमाइ सकेका छन् ।सन् २०१० यता मात्रै पोर्तुगलमा ३९ नेपालीले ज्यान गुमाईसकेका छन्।

अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार :

अन्तिम श्रद्धाञ्जली : २८ अगस्त, २०२०। दिउँसो १:३० बजे

स्थान : हस्पिटल साओ जोसे मार्तिमुनिज (फ्यूनुराल कापुसोको ठीक अगाडि )

दाहसस्कार गरिने समय : भोली दिनको ठीक ३:३० बजे

दाहसस्कार गरिने स्थानको ठेगाना : parada Alto de São João,3 1900-053,Lisboa

पोर्तुगल सरकारको कोरोना संक्रमण नियन्त्रण निति अनुसार १० जना भन्दा बढी मानिसहरु एकै ठाँउमा जम्मा हुन नमिल्ने भएकोले नियमलाई ख्याल गरिदिनुहुन समेत संघले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार