लिस्बन।

पोर्चुगल सन् २०१९ मा युरोपमै सबैभन्दा बढी साइकल उत्पादन गर्ने देश भएको छ। पछिल्लो बर्ष मात्रै पोर्चुगलले २.७ मिलियन साईकल उत्पादन गरेको युरोस्ट्याट को तथ्यांकले देखाएको छ।
युरोपियन युनियनको तथ्यांक अनुसार गत बर्ष मात्रै युरोपियन युनियनमा ११.४ मिलियन साइकल उत्पादन भएको थियो। यो उत्पादन अघिल्लो बर्षको तुलनामा ५ प्रतिशतले बढी हो।
युरोपियन युनियनको तथ्यांक अनुसार युरोपमा सबैभन्दा बढी साइकल उत्पादन सन् २०१५ मा भएको थियो, त्यो बर्ष १३.७ मिलियन साइकल उत्पादन भएको थियो।
युरोस्ट्याटको तथ्यांक अनुसार युरोपियन युनियनका ५ देशहरुमा मात्रै कुल उत्पादनको ७० प्रतिशत साइकल उत्पादन भएको थियो, जस अनुसार पोर्चुगल सबैभन्दा माथि बढी २७ लाख साइकल उत्पादन, सन् २०१८ को सबैभन्दा बढी साइकल उत्पादन गर्ने देश इटालीले २१ लाख साइकल, जर्मनीले १५ लाख , पोल्याण्डले ९ लाख र होल्याण्डले ७ लाख साइकल उत्पादान गरेको थियो।
पोर्चुगलले सन् २०१८ भन्दा २०१९ मा ७ लाख ३६ हजार बढी साईकल उत्पादन गरी ठुलो फड्को मार्दै युरोपको नम्बर एक साइकल उत्पादन गर्ने देश इटालीलाई पछि पारेको छ।
पोर्चुगल सरकारले राजधानी लिस्बनलाई साईकल सिटि बनाउने परियोजना अनुसार नागरिकहरुलाई साइकलप्रति आकर्षित गर्न ३० लाख युरो बराबरको साइकल निशुल्क बाढेको छ।
















