लिस्बन।

पोर्चुगिज नागरिकताका लागि आबेदन दिनेको संख्या सन् १९७६ यताकै उच्च रहेको अध्यागमन तथा शरणार्थी रिपोर्टमा उल्लेख भएको सेफले जनाएको छ। अघिल्लो बर्ष मात्रै ७४ हजार आप्रवासीहरुले पोर्चुगिज नागरिकताको लागि आबेदन दिएको सेफको तथ्यांकमा उल्लेख छ।
सन् २०१८ को तुलनामा अघिल्लो बर्ष मात्रै पोर्चुगलमा अस्थाई आवास अनुमतिपत्र ” टिआर ” पाउनेहरुको संख्या २२. ९ प्रतिशतले वृद्धि भएको छ।
सेफको तथ्यांक अनुसार पोर्चुगलमा रहेको आप्रवासीहरुमा सबैभन्दा बढी ब्राजिलियन १ लाख ५१ हजार ३०४ जान अर्थात् २५.६ प्रतिशत छन्। त्यसपछि केप भेर्दका नागरिक ( ३७,४०६ ) , बेलायती ( ३४, ३५८ ) रोमानियन (३१,०६५ ), युक्रेनियन ( २९,७१८ ) , चिनियाँ ( २७,८३९ ), इटालियन ( २५, ५०८ ) , फ्रेन्च (२३,१२५ ) र अङ्गोलियन (२२,६९१ ) रहेका छन्।
अघिल्लो बर्ष कामदार भिषामा पोर्चुगल आउने आप्रवासीहरुमा भारतीय र नेपालीहरुको उल्लेख्य वृद्धि भएको छ। सन् २०१९ को अन्त्यसम्मको तथ्यांक अनुसार पोर्चुगलमा १७ हजार ६१९ भारतीय र १६ हजार ८४९ नेपालीले रेसिडेन्सी प्राप्त गरिसकेका छन्।
















