पोर्चुगलमा कुकुरलाई गोली हानी मारेको अभियोगमा एक पक्राउ

लिस्बन।

पोर्चुगलमा कुकुरलाई गोली हानी मारेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोर्चुगलको अमरातेमा कुकुरलाई मारेर गाडेको अभियोगमा एक ४२ बर्षीय पुरुष पक्राउ परेका हुन्।

प्रहरीले उनको घरको खानतलासी गर्दा धारिलो हतियार र बन्दुक बरामद गरेको छ।

प्रहरीले अनुसन्धानमा मारिएको कुकुर उनको घर नजिकै खेतमा गाडिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले ति व्यक्तिलाई घरपालुवा जनावरमाथि गरेको ज्यादती र हत्याको अभियोगमा अदालतमा उपस्थित गराएको छ। अदालतबाट उनको अपराध पुष्टी भएमा नगद जरिवाना सहित ५ बर्ष कैद हुनसक्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार