लिस्वन ।

पोर्चुगलमा कृषिको प्रमुख केन्द्र मानिने जम्बुजिराको एक कृषि कम्पनीमा कार्यरत २५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमण भएका सबै नेपाली र भारतीय मुलका नागरिक हुन् ।
शुरुमा ओदीमेरास्थित समर बेरी कम्पनीमा कार्यरत १० कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि उनिहरुको परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टी भएको थियो । पछि उनिहरुको सम्पर्कमा रहेका नेपाली र भारतीय मुलका अन्य २५ कामदारमाथि कोरोना देखिएको हो । स्रोतका अनुसार अहिले उनिहरु सबै सेल्फ क्वारेन्टिनमा रहेका छन् ।
उनिहरुको सम्पर्कमा रहेका अन्य धेरै जनामा कोरोनाको संक्रमण हुनसक्ने आशंका गरिएको छ । आसपासमा रहेका अन्य कृषि कम्पनी रहेकोले चारैतिर संक्रमण फैलिएको हुन सक्ने बताइएको छ ।
















