लिस्बन ।

पोर्चुगलमा पछील्लो २४ घण्टामा ६४६ जना संक्रमित भएका छन् भने तीन जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य महानिर्देशनालयका अनुसार पोर्चुगलमा महामारी शुरु भएयता कोरोना कै कारण १८४९ जनाले ज्यान गुमाएका छन् भने ६१ हजार ५४१ जना संक्रमित भएका छन् ।
पछील्लो २४ घण्टामा ज्यान गुमाउनेहरुमा २ जना लिस्बनमा र एक जना उत्तरी क्षेत्रमा रहेका छन् ।
पछिल्लो केही दिनदेखि पोर्चुगलमा संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भईरहेको छ। कोरोना नियन्त्रणमा पोर्चुगल सरकारले सेप्टेम्बर १५ तारिखबाट नयाँ नियम लागु गर्ने बताएको छ , यद्यपी नियममा के के परिवर्तन हुने भन्ने बारे खुलाएको छैन।
















