रोनाल्डोको नयाँ रेकर्ड : अन्तराष्ट्रिय खेलमा एक सय गोल गर्ने यूरोपकै पहिलो खेलाडी बने !

पोर्चुगल।

पोर्चुगलका स्टाइकर क्रिश्चियानो रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्। मंगलबार राति स्वीडेन विरुद्ध गोल गर्दै रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेका हुन्। 

नेशन्स लिगमा स्वीडेन विरुद्ध ४५औं मिनेटमा गोल गर्दै रोनाल्डो यूरोपकै एक सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। उनले फ्रिकिकबाट उत्कृष्ट गोल गरेका थिए। ७२औं मिनेटमा फेरि रोनाल्डोले थप गोल गरे। अर्थात्, १०१ गोल गर्ने पहिलो यूराेपियन खेलाडी पनि रोनाल्डो नै बनेका छन्।

स्वीडेन विरुद्धको दुवै गोल रोनाल्डोले गरेका हुन्। ३५ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि १६५ खेलबाट सय गोलको कोसेढुंगा पार गरेका हुन्। 

अब सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइ भन्दा सात आठ गोलले मात्रै पछाडि छन्। सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेको कीर्तिमान इरानका अलीको नाममा छ। उनले इरानका लागि १०९ गोल गरेका छन्। अहिले खेलिरहेका मध्ये रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्।

रोनाल्डो पछाडि भारतका सुनिल क्षेत्रीले ७२ अन्तर्राष्ट्रिय गोल गरेका छन्। त्यसपछि अर्का विश्व स्टार लियोनल मेसीले पछ्याइरहेका छन्। उनले अर्जेन्टिनाका लागि ७० गोल गरेका छन्।  

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार