काठमाडौं ।
विश्वका १० प्रतिशत बालबालिकामा कोरोना महामारी पश्चात् मानसिक समस्या देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महामारीपश्चात बालबालिकाहरु रिसाउने, झर्को मान्ने र उदास हुने लगायतका मनोसमस्या देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सन् २०२० जुलाईमा गरिएको एक अध्ययनका अनुसार बालबालिकाहरु लामो समय घरभित्रै बस्दा उनीहरुलार्ई मानसिक समस्या देखिएकोे बताउनुभयो ।
लामो समयसम्म घरमा बस्दा, आफ्ना कुरा साथीहरुलाई भन्न नपाउँदा पनि समस्या देखिएको उहाँले बताउनुभयो ।
बालबालिकाहरु अभिभावक भन्दा पनि साथीहरुसँग नजिक हुने र सोहीअनुसार आफ्नो दुःख, पीडा साटासाट गरी रमाउन मन पराउने भएकाले उनीहरुलाई साथीहरुसँग भेट्ने वातावरण मिलाउन मन्त्रालयले अभिभावकहरुलाई आग्रह गरेको छ ।
















