पोर्चुगलमा कोरोना संक्रमित बढेको बढ्यै : पछिल्लो २४ घण्टामा ६८७ संक्रमित, ३ को मृत्यु

लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस संक्रमितहरुको संख्यामा पछिल्लो दुई सातादेखि निरन्तर वृद्धि भईरहेको छ। यही साता मात्रै पछिल्लो ४ महिनादेखिको नयाँ संक्रमितहरुको संख्या वृद्धिमा रेकर्ड ब्रेक भयो।

पछिल्लो २४ घण्टामा कोरोनाका ६८७ संक्रमित फेला परेका छन् भने ३ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरुमा २ जना लिस्बनमा र एक जना अल्गार्भमा रहेका छन्।

पोर्चुगलमा महामारी शुरु भएयता संक्रमितहरुको कुल संख्या ६२ हजार ८१३ पुगेको छ।

सक्रिय संक्रमितहरुमध्ये ४०४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। ५४ जना आइसियुमा रहेका छन्।

हालसम्म उपचार पश्चात् निको हुनेको संख्या ४३ हजार ६४४ पुगेको छ। पोर्चुगलमा अझै पनि १९ हजार १६९ जना कोरोनाक सक्रिय बिरामी छन्।

पछिल्लो केही सातादेखि पोर्चुगलमा कोरोना भाइरसका नयाँ संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भएपछि बेलायतले पोर्चुगललाई सुरक्षित देशको सूचीबाट हटाएको हो।

पोर्चुगललाई बेलायतले असुरक्षित देशको सुचिमा राख्दै पोर्चुगलबाट आउने यात्रुहरुले १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लागु गरेतापनि मदेइरा र आसोरेसबाट बेलायत जाने यात्रुहरुलाई यो नियम लागु हुनेछैन, किन कि त्यहाँ कोरोनाको नयाँ संक्रमितहरु फेला परेका छैनन्।

यो नियम पोर्चुगलको प्रमुख भूभागबाट बेलायत जाने यात्रुहरुको लागि मात्रै लागु हुनेछ।

शनिबार बिहान ४ बजेदेखि पोर्चुगलबाट बेलायत जाने हरेक यात्रुहरुको हकमा यो नियम लागु हुनेछ र प्रत्येक यात्रुले १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार