काठमाडौं ।

प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ ।
आजदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गरेको हो ।आर्सनलको तीनै गोलका लागि यसै सिजन चेल्सीबाट आएका ब्राजिलियन खेलाडी विलियनको भूमिका रहेको छ ।
खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाएका थिए ।
आर्सनलले दोस्रो हाफमा दुई गोल थप गर्दै लिगमा विजयी सुरुवात गरेको हो ।
उसका लागि खेलको ४९ औं मिनेटमा गाब्रिएल र ५७ औं मिनेटमा पिएरे एमरिक अबामियाङले एक/एक गोल गरेका हुन् ।
















