लिस्बन।

पोर्चुगलमा सेप्टेम्बरको शुरुवातीबाटै लगातार रुपमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भईरहेको छ। त्यस्तै मृतकहरुको संख्यामा पनि दिनहु वृद्धि हुदै गएको देखिन्छ।
पछिल्लो २४ घण्टामा पोर्चुगलमा कोरोनाबाट ४९७ संक्रमित भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य महानिर्देशनालयका अनुसार मृतकको यो संख्या दुई हप्ता यताकै उच्च हो। मृतकहरुमध्ये लिस्बनमा ४ जना र उत्तरी भागमा एक जना रहेका छन्।
पोर्चुगलमा संक्रमितहरुको संख्या हाल ६३ हजार ३१० पुगेको छ।
४३८ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको र ५९ जना आइसीयुमा रहेको स्वास्थ्य महानिर्देशनालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
आज मात्रै २५० जना कोरोनाक बिरामी निको भएको तथ्यांक सार्वजनिक भएको छ। हालसम्म कोरोनाबाट उपचार पश्चात ४३ हजार ८९४ जना निको भईसकेका छन्।
पोर्चुगलमा अझै पनि १९ हजार ४१६ जना कोरोनाका सक्रिय बिरामी छन्।
















