लिस्बन।

पोर्चुगलमा पछिल्लो दुई सातादेखि कोरोना भाइरसको नयाँ संक्रमित र मृतकहरुको संख्यामा निरन्तर वृद्धि भईरहेको छ।
स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६७३ जना नयाँ संक्रमित फेला परेका छन् भने कोरोनाकै कारण ७ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरुमा ६ जना लिस्बनमा र बाँकी एक जना उत्तरी क्षेत्रमा रहेका छन्।
पछिल्लो २४ घण्टामा फेला परेका ६७३ जना नयाँ संक्रमितहरुमध्ये ३१९ जना लिस्बनमा, २३६ जना उत्तरी क्षेत्रमा, ३५ जना मध्यक्षेत्रमा , ६० जना अलेन्तेजोमा , २० जना अल्गार्भ, एक जना मदेइरा र २ जना असोरेसमा रहेका छन्।
सक्रिय संक्रमितहरुमध्ये ४५२ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। ५७ जनाको आइसीयुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा आज मात्रै १७५ जना कोरोनामुक्त भएका छन्। यो संगै उपचार पश्चात् निको हुनेको संख्या ४४ हजार ६९ पुगेको छ।
पोर्चुगलमा कोरोना संक्रमितको संख्यामा निरन्तर वृद्धि भएसंगै बेलायतले पोर्चुगललाई असुरक्षित गन्तव्यको सुचिमा राखेको छ। यो संगै पोर्चुगलबाट शनिबार यता बेलायतमा जाने यात्रुहरुले अनिवार्य १४ दिनको क्वारेन्टिन बस्नुपर्नेछ।
















