हिक्मत थापा, युगाण्डा।
अफ्रिकी मुलुक युगान्डाको कम्पालामा बस्दै आएका एक नेपाली युवाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनि विगत १४ वर्षदेखि युगान्डामा बस्दै आएका थिए ।
पर्वत घर भएका यजेन्द्र ४७ वर्षीय (अर्जुन) प्रताप सेन ठकुरीको कोरोना संक्रमणका कारण मृत्यु भएको एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
थापाले मृतकप्रति हार्दिक श्रद्दान्जली व्यक्त गर्दै शोक संतप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने उनि दोश्रो व्यक्ति हुन् । यसघि पनि अफ्रिकाको जोहान्सबर्गमा पाँचथर घर भएका ३४ वर्षीय नियालसन बोखिम लिम्बुको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
युगान्डामा कोरोना संक्रमणका कारण हालसम्म ६३ जनाको ज्यान गैसकेको छ । यसैगरी पछिल्लो तथ्याँक अनुसार युगान्डामा कुल संक्रमितको संख्या ६ हजार ४ सय ६८ रहेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।
















