कोरोनाको निःशुल्क परीक्षण र उपचार नगर्ने निर्णय फिर्ता लिन माधव नेपालको माग

काठमाडौँ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना परीक्षण र संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।

‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रूपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन’, नेता नेपालले भनेका छन्, ‘त्यसमा पनि गरीबी, अभाव र  बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रूपमा विपन्न नागरिकको समस्याप्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो।’

सरकारले हालै विपन्न, असहाय र फ्रन्टलाइनमा काम गर्नेबाहेक अन्यले कोरोना परीक्षण र उपचार गर्दा आफैंले शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो। जसको चौतर्फी आलोचना भइरहेको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा नेता नेपालले संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रूपमा साथमा रहनुपर्नेमा सरकारले गरेको यो निर्णय विल्कुल अनुचित भएको टिप्पणी गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णयपछि संक्रमित नागरिकहरू थप मारमा परेको समेत उल्लेख गरेका छन्।

‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रूपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन’, नेता नेपालले भनेका छन्, ‘त्यसमा पनि गरीबी, अभाव र  बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रूपमा विपन्न नागरिकको समस्याप्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार