काठमाडौँ ।

कोभिड १९ को महामारीका कारण यो दशैँ सारा नेपालीले सोचेजसरी उल्लासमय तरिकाले मनाउन पाएनन् । कतै मास्क लगाएर टिका लगाएका दृश्यहरु सार्वजनिक भएका छन् त कतिपय घर बाहिर नै नितस्किएका छैनन् ।
यसैबिच लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस) दशैं टीकाका केही तस्विर शेयर गर्दै लेखेका छन:
“नबदुर्गा भवानिको कृपाले घरपरिवार र रङशाला परिवार दुबै संग बिजयादशमिको टिका आदानप्रदान सगै ग्रहण गर्ने अवसर प्राप्त भयो। ७७ बर्षिय हजुरआमा, बुवा आमा, श्रीमती , छोरि, भाइहरु र बहिनि सहित परिवार सग टिका ग्रहण आशिर्बाद सग सगै गौरबको परियोजना रङशाला निर्माण अभियानमा १५० जना भन्दा बढि जन शक्ति, कर्मचारी साथीहरू जो दशैमा पनि घर नगइ निरन्तर निर्माण अभियानमा जुटिरहनु भएको छ्। उहाहरुलाइ टिका लगाइदिन पाउदा मैले आफुलाइ भाग्यमानि ठानेकाे छु। अभियान सग जोडिएर काम गर्नुहुने दाजुभाइ दिदिबहिनिहरुलाइ मैले आफ्नो परिवार सम्झिएको छु। पुन देश बिदेशमा हुनुहुने सबै नेपालि जनहरुमा बिजयादशमिको शुभकामना ब्यक्त गर्दछु।”

























