च्याम्पियन्स लिगमा बायर्नको जित

लन्डन ।

च्याम्पियन्स लिग अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले रसियन क्लब लोकोमोटिभ मस्कोलाई पराजित गरेको छ ।

गएराति लोकोमोटिभ मस्कोको होममा सम्पन्न खेलमा बायर्नले २-१ गोलको जित निकालेको हो ।

खेलको १३ औं मिनेटमा नै बायर्नका लियोन गोरेट्ज्काले गोल गरे ।

यस्तै ७० औं मिनेटमा मस्कोका एन्टोन मिरान्चुकले गोल गर्दै बराबरीमा ल्याए ।

७९ औं मिनेटमा जोसुआ किमिचले गोल गरेपछि बायर्न विजयी बनेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार