पेरिस ।

फ्रान्सको नीस सहरमा भएको आतंककारी हमलामा कम्तिमा ३ जनाको मृत्यु भएको छ। आतंककारीहरुले चक्कु आक्रमण गरी उनीहरुको हत्या हत्या गरेका छन् ।
नीस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीका अनुसार आक्रमणमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । उनले यस किसिमको आक्रमणबाट आतंकवादी आक्रमणको संकेत पाइएको बताएका छन् । यो आक्रमण नोट्रे डाम ब्यासेलिकाको नजिकै भएको थियो ।
नीस भूमध्य सागरको तटस्थित दक्षिण फ्रान्सको एक प्रमुख सहर हो । स्थानीय प्रशासनले मानिसहरुसँग फ्रेन्च रिवेरा सिटीको क्षेत्रमा नजान आग्रह गरेको छ ।
















