लिस्वन ।

पाँच पटकका बालोन डे’ओर विजेता पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई दोश्रो पटक पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । राष्ट्रिय टिममा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण पहिलोपटक दुई साता अगाडी देखिएको थियो ।पोर्चुगिज फुटबल महासंघले रोनाल्डोलाई कोरोना लागेको पुष्टि गरेको थियो ।
कोरोना लागेसँगै ३५ वर्षीय इटालियन क्लब युभेन्ट्सका फरवार्डलाई राष्ट्रिय टिमबाट बिदा गरिएको थियो ।कोरोना पोजेटिभ भएसंगै रोनाल्डोले ३ अन्तराष्ट्रिय खेल खेल्नबाट बन्चित भईसकेका छन्।
दोश्रो पटक पनि कोरोना पोजेटिभ देखिएपछि उनले आज भएको बार्सिलोना बिरुद्दको खेल पनि खेल्न पाएनन्। उनमा कोरोनाका कुनै पनि बाहिरि लक्षण देखिएका छैनन् तर फुटबल फ़ेडिरेशनको नियम अनुसार खेल शुरुहुनुभन्दा २४ घण्टा पहिले कोरोना परिक्षण नेगेटिभ हुनुपर्ने नियम अनुसार रोनाल्डोमा दोश्रो पटक पनि कोरोना देखिएपछि खेल खेल्नबाट बन्चित भएका हुन्।
















