कोरोना संक्रमित पत्रकार चौलागाईंको मृत्यु

काभ्रे ।

काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ ।

गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।

२७ गतेदेखि ज्वरो बढेपछि उपचारका लागि उहाँ अस्पताल जानुभएको थियो ।

अस्पतालले ‘होम आइसोलेसन’मा बस्न सुझाव दिएपछि उहाँ घर फर्कनुभएको थियो । होम आइसोलेसनमा बस्दा गाह्रो भएपछि कात्तिक १ गते उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एक हप्ताअघि र बिहीबार (हिजो) गरिएको परीक्षणमा उहाँको ‘रिपोर्ट नेगेटिभ’ आएको थियो ।

करिब तीन दशकदेखि पत्रकारिता गर्दै आउनुभएका चौलागाईं काभ्रेबाट प्रकाशित हुने काभ्रेपोष्ट साप्ताहिकका प्रकाशक तथा प्रधानसम्पादक हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार