ललितपुर।

ललितपुरबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १८ जनालाई नियन्त्रणमा लिएको छ ।
महालक्ष्मी नगरपालिका– ७ चाँगाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा ४९ वर्षीय सुरेश पौडेलसहित १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त घरमा कौडा खेल चलिरहेको सूचनाका आधारमा छापा मार्दा उनीहरू कौडा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ११ लाख ५४ हजार रुपैयाँ पनि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
















