पोर्चुगल ।

युरोपमा प्रेस संगठन नेपालको शाखा गठन भएको छ । केजिन राईको संयोजकत्वमा प्रेस संगठन नेपालको यूरोप शाखा गठन भएको हो। राई नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष हुन्।
प्रेस संगठन नेपालको यूरोप शाखा गठन शनिवार एक भर्चूअल भेला मार्फत गरिएको हो। प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालको प्रमुख आतिथ्य तथा सहसंयोजक गणेश बस्नेतको विशेष आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो।
शाखाको सहसंयोजकमा बेलायतबाट श्याम लुईटेल र सचिवमा स्पेनका दिपेन्द्र गजुरेल रहेका छन्।
त्यस्तै सदस्यहरुमा राजकुमार थापा (पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार, नर्वे, रबिचन्द्र भट्टराई, नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), कमल पराजुली (स्पेन), सरला कुमारी कट्टेल (नर्वे), विरमान घर्तिमगर (बेल्जियम), लिलामान शेरपुञ्जा (बेलायत), बिमला सेने (बेलायत), कुमार श्रेष्ठ (नेदरल्याण्ड), कलश खरेल (पोर्चुगल), अनिस त्रिपाठी (फ्रान्स), निर्मला तिवारी (स्पेन), कर्मा पहाडी (बेलायत), कृष्ण तिवारी (बेल्जियम) र बिमला लिम्बु (बेलायत) रहेका छन्।
















