प्रतिनिधिसभा सांसद कांग्रेस नेता सूर्यबहादुर केसीको निधन !

पोखरा।

प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको गए राति निधन भएको छ। कास्कीका ६५ वर्षिय केसी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य थिए।

केसीलाई मधुमेह, मुटुको रोग र उच्च रक्तचाप थियो। हिजो बेलुका साढे १० बजेतिर पोखरा महानगरपालिका-७ एअरपोर्टस्थित आफ्नै घरमा उनको निधन भएको हो।

यसअघि नियमित औषधि सेवन गर्ने भए पनि उनलाई हिजो कुनै स्वास्थ्य समस्या नभइ अचानक मृत्यु भएको परिवारको भनाइ उधृत गर्दै कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए। पोखराका उद्योगी समेत रहेका उनी राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका थिए।

केसी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत थिए। उनी पहिलो संविधानसभा सदस्य समेत थिए। उनी पोखराका पूर्व प्रधानपञ्च पनि हुन्।

केसीका श्रीमती र तीन छोरा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार