भारतको जगंलमा नेपाली महिलाको शव फेला

कञ्चनपुर ।

जिल्लाको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ ।

मृतकसँग रहेको कागजातको आधारमा ५५ वर्षीया नुरदेवी कठायत रहेको खुलेको हाे ।

मृतक महिलाको परिवारसित सम्पर्क हुन नसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले बताउनुभयाे ।

शवसंँगै भारतीय प्रहरीले भेटेको कागजात अनुसार मृतक साविक गाविस–३ की महिला हुन् ।

शव भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको समेत प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार