डोटी।

रक्ताल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गरेको रगतले ज्यान बचेको छ ।
विष्ट लामो समयदेखि रक्ताअल्पतासहित सेभर एनमिया भएकी उनी उपचारका लागि उक्त अस्पतालमा गएराति पुगेकी थिइन् । समयमै रगत नपाएको भए उनको ज्यान सम्म जाने सक्ने चिकित्सकले बताएका छन् ।
कम्तीमा पनि चार पिण्ट ओ पोजेटिभ रगत अभाबमा छट्पटिएकी विष्टलाई अस्पतालले रगतदानका लागि आग्रह गरेपछि वडाध्यक्ष खड्काले अस्पतालमै आएर आज रगत दान गरेका थिए । खड्काले रगत दान गरेपछि अहिले महिलाको स्वास्थ्यमा निकै सुधार भएको सो अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए।
















