रबिन्द्र यादव , नवलपरासी।

सशस्त्र प्रहरी नवलपरासी पश्चिमको अस्थायी सशस्त्र प्रहरी पोष्टले साढे तीन किलोग्राम चादीका गरगहना लिएको छ ।
बिशेष सुराकीको अधारमा पाल्हिनन्दन गाउँपालिका वडा नं ५ चमनटोल दसगजा नजिकबाट चेकजाँच गर्ने क्रममा उक्त गहना र मुर्ति नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरका सुचना अधिकारी रोशन घिमिरेले जानकारी दिए । भारतबाट भन्सार छलि नेपाल ल्याउदै गरेको चादीका गरगहना नियन्त्रणमा लिइएको हो ।
करिब तीन लाख भन्दा बढि मूल्य बराबरको रहेको उक्त गरगहना र मुर्ति आवश्यक कारवाहीको लागि महेशपर भन्सार पठाइएको गण नं २६ बेलासपुरका गणपति महेश अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरी नेपालका एसपी अधिकारी नवलपरासीमा आएदेखि सिमामा कडा निगरानी बढाएका छन् ।
















