काठमाडौँ।

कोरोनाबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्षको जेल सजाय तोकिएको छ।
कोरोना भाइरसको उत्पत्तिस्थल वुहानबाट कोरोनाबारे समाचार लेख्ने एक चिनियाँ पत्रकारलाई चीन सरकारले पाँच वर्षको जेल सजाय तोकिदिएको हो ।
कोरोनाबारे पहिलोपटक समाचार लेख्ने ३७ वर्षकी पत्रकार तथा पूर्व वकिल रहेकी जाङ जिहान हाल जेलमा रहेको बीबीसीले जनाएको छ।
झगडा गराउने कार्यमा संलग्न भएको साथै समस्यालाई निम्त्याउने भूमिका खेलेको आरोपमा उनलाई प्रहरीले गत मे महिनादेखि नै नियन्त्रणमा लिएको बताइएको छ।
जाङ जिहान गत फेब्रुअरीमा वुहान पुगेकी थिइन्। नेटवर्क अफ चाइनिज ह्युमन राइट्स डिफेन्डर सीएचआरडीका अनुसार उनले वुहानबाट कोरोना प्रकोपबीच पत्रकारलाई समाचार लेख्नबाट बन्चित गर्नुको साथै पत्रकारलाई नजरबन्दमा राखेको विषयमा थुप्रै समाचार लेखेकी थिइन्।
मे १४ मा उनी वेपत्ता भएकी थिइन्। पछि उनलाई सांघाई प्रहरीले गिरफ्तार गरेको सार्वजनिक भएको थियो। चीनको प्रहरीले जुन १९ मा उनलाई औपचारिक रुपमै पक्राउ गरिएको थियो।
















