लिस्बन।

पोर्चुगलको अल्गार्भ क्षेत्रमा डेंगु लामखुट्टे फेला परेको छ।
डेंगु लामखुट्टे फेला परेपछि स्वास्थ्य अधिकारीहरुले सर्वसाधारणलाई सतर्क रहन र डेंगुको संख्या कम गर्न सहयोग मागेका छन्।
डेंगु लामखुट्टेको वृद्धि कम गर्न घरवरपर सरसफाई राख्न र लामखुट्टे बस्ने स्थानहरु नष्ट पार्न सर्वसाधारणलाई स्वास्थ्य अधिकारीहरुले अनुरोध गरेका छन्। डेंगु लामखुट्टेका कारण डेंगु रोग, जीका भाइरस आदि सर्दछ।
अल्गार्भ क्षेत्रमा डेंगु लामखुट्टे फेला परेतापनि अहिलेसम्म डेंगुका बिरामी फेला परेका छैनन्।
















