लिस्बन।

विश्वविजेता अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ।
अर्जेन्टिनाका विश्वविजेता फुटबलर म्याराडोनाको बुधबार निधन भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्रेनको सर्जरी गरेको दुई साता नबित्दै हृदयघातबाट उनको निधन भएको हो।
अर्जेन्टिनी सञ्चारमाध्यम क्लारेन हृदयघातका कारण बुधबार उनको निधन भएको जनाएको छ। अस्पतालबाट ब्रेन सर्जरी गरेर घर फर्किएका म्याराडोनालाई घरमै हृदयघात भएको बेलायतको चर्चित अनलाइन डेलीमेल उल्लेख गरेको छ।
म्याराडोन विश्व फुटबल इतिहासकै महानतम् खेलाडीमध्ये एक हुन्। उनकै प्रेरणामा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो।
















