काठमाडौँ।

ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिए ।
ओलम्पियन बिष्टले आफ्नो फेसबुकमा लेखेका छन् :
” कोरोना संक्रमणको महामारी हाम्रो घरमा पनि पसेरै छाड्यो । ६ जनामा अब कोरोना संक्रमणबाट मुक्त हुन बाँकी म मात्र छु । तपाईहरुको शुभेच्छाले म पनि चाँडै निको हुने विश्वासमा छु । स्वास्थ्य मापदण्डमा पूरा गर्ने कोशिस गर्दा गर्दै सायद आफ्नै कमजोरीले संक्रमण भयो । सके सम्म संक्रमण हुन नदिन शारीरिक दूरी कायम गर्ने, मास्कको प्रयोग अनिवार्य रुपमा गर्नु होला । संक्रमण भईहालेको खण्डमा अलग्गै बसेर सकारात्मक सोचका साथ आराम गर्नुहोला । आफ्नो ख्याल गर्न सबैलाई आग्रह गर्दछु ।
धन्यवाद ।जय खेलकुद ! ”
















