लिस्बन।

गैर आवासिय नेपाली संघ पोर्चुगलको १४ बर्षे इतिहासमा पहिलोपटक महिलालाई संघको नेतृत्वको जिम्मेवारी मिलेको छ।
संघको २०१९ -२१ कार्यसमितिका अध्यक्ष तिलक गैरे आफ्नो व्यक्तिगत कामका लागि केही समय पोर्चुगल बाहिर हुने भएकोले संघको महिला उपाध्यक्ष रहेकी सिता श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। श्रेष्ठले आज ३० नोभेम्बर २०२० बाट नै संघमा कावा अध्यक्षको जिम्मेवारी सम्हालेकी छिन्।
एनआरएनए पोर्चुगल सन् २००६ मा स्थापना भएयता संघको नेतृत्वमा अहिलेसम्म पुरुषहरुकै दबदबा थियो, महिलालाई कहिल्यै जिम्मेवारी सुम्पिएको थिएन। श्रेष्ठ संघको नेतृत्व गर्ने पहिलो महिला हुन्। उनि नेपाली नारी समाज पोर्चुगलकी महासचिव पनि हुन्।
फोटो : श्रेष्ठको फेसबुक
















