कञ्चनपुर ।

कञ्चनपुर प्रहरीले नक्कली नेपाली नोट बनाउने कारखानामा छापा हानेको छ । भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्ली स्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान अनुज शर्मालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
पक्राउ पछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आइतबार नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
















