पोर्चुगल सन् २०२१ का लागि नयाँ न्युनतम तलब ६६५ युरो प्रस्तावित !

लिस्बन।

पोर्चुगल सरकारले सन् २०२१ का लागि न्युनतम तलब ६६५ युरो बनाउने संकेत दिएको छ। हाललाई न्युनतम तलब ६३५ युरो रहेको छ।

सरकारको नयाँ प्रस्तावित तलब साबिकको तलबमा ३० युरोले वृद्धि हो।

सन् २०२१ का लागि नयाँ न्युनतम तलबको बारेमा भोली बुधबार संसद र सरोकारवाला निकायहरुसंग बहस हुदैछ।

सरकारको बार्षिक बजेटमा उल्लेख भए अनुसार यो बर्ष तलब वृद्धि २३.७५ युरोले हुनुपर्ने हो, तर पनि सरकारले तलब वृद्धिमा ३० युरो बढी प्रस्तावित गरेको छ।

संसदबाट तलब वृद्धि बिधेयक पारित भएको खण्डमा सन् २०२१ का लागि न्युनतम तलब ६६५ युरो हुनेछ।

पोर्चुगल सरकारले सन् २०२३ सम्ममा न्युनतम तलब ७५० युरो पुर्याउने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार