रामेछापमा पत्रकारलाई २० लाखको अक्षय कोष

रामेछाप ।

मन्थली नगरपालिकाले जिल्लामा कार्यरत पत्रकारका लागि २० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ ।

नगरपालिकाले जिल्लामा सञ्चालित सञ्चार माध्यमकाे संरक्षण र कार्यरत सञ्चारकर्मीको हकहितका लागि अक्षय कोष स्थापना गर्न लागेको हो । यहाँ कार्यरत पत्रकारका लागि २० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

पत्रकार अक्षय कोष स्थापना गर्ने योजनाअनुरुप नगरपालिकाले प्रत्येक वर्ष पाँच लाख रकम जम्मा गरिसकेको भएपनि कानुनी जटिलताका कारण अहिलेसम्म कोष बनाउन सकिएको थिएन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार