पोर्चुगलमा रेलले कारलाई ठक्कर दिदा २ घाइते, एकको अवस्था गम्भीर !

लिस्बन।

पोर्चुगलको कामिन्हामा रेलले कारलाई ठक्कर दिदा दुई बालकहरु घाइते भएका छन्। घाइतेमध्ये १३ बर्षीय बालकको अवस्था चिन्ताजनक रहेको छ।

दुर्घटनामा घाइते भएका दुवै बालकहरु दाजुभाइ रहेको सिएमले जनाएको छ।

कामिन्हाको कमरिदोमा रेल क्रसिंगमा बुधबार दिउसो सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

रेलको ठक्करबाट कार क्षतिग्रस्त भएतापनि कार चलाईरहेकी बालककी आमालाई भने कुनै चोटपटक नलागेको उद्धारमा खटिएका एमेर्जेन्सि सेवाले जनाएका छन्।

घटनास्थलमा उद्धार र उपचारका लागि आकस्मिक सेवाका १९ युनिटहरु उपस्थित थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार