सिराहका सन्तोष शाह बने बीबीसी मास्टर सेफको उपविजेता !

लण्डन ।

बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितमा नेपाली मुलका सन्तोष शाह उपविजेता भएका छन् ।

बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सिराहका सन्तोष शाह उपविजेता भएका हुन् ।

प्रतियोगितमा बेलायतका आलेक्स वेबले सो उपाधि हात पारेका छन् । सन्तोषले प्रतियोगितामा भाग लिएर नेपाली खाना चिनाउन पाएकोमा प्रसन्नता प्रकट गरेका छन् ।

६ हप्ता लामो प्रतियोगितमा झण्डै तीन दर्जन सेफहरुले भाग लिएका थिए ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार पस्किएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार