नेकपाको कैलाली पार्टी कार्यालयमा ओली र प्रचण्ड-नेपाल पक्षबिच भिडन्त : दुवै पक्षले लगाए छुट्टाछुट्टै ताला

कैलाली।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद जिल्ला तहमा पनि चर्किन थालेको छ।

नेकपाको कैलाली पार्टी कार्यालयमा दुई वटा ताला लगाइएको छ।

ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षले आआफ्नै ताला पार्टी कार्यालयमा लगाएका हुन्।

ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले त्यसको सुरुवात गरेको हो। पछि प्रचण्ड-नेपाल पक्षका नेता कार्यकर्ताले उक्त ताला माथि अर्को ताला लगाएका छन्।

उक्त घटनापछि प्रचण्ड-नेपाल पक्षले नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा पनि ताला लगाइदिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार