रत्नपार्कबाट युवतीले लिफ्ट माग्दा दङ्ग परेका युवक जब चोभारमा पुगेर लुटिए …

काठमाडौं।

राजधानी काठमाडौंमा दिउँसै एक युवती संलग्नतामा एक युवक लुटिएका छन् ।

काठमाडौंको रत्नपार्कस्थित बसपार्क छेउमा बसेका युवकलाई लिप्ट मागेपछि सहजै हुन्छ भनेर लिफ्ट दिएका युवक चोभारमा पुगेर लुटिए ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका–२ का भोला बहादुर जर्घामगरलाई युवतीले युवतीलाई लिफ्ट दिएर चोभार पुयाउन आग्रह गरिन् उनलेपनि सहज रुपमा स्किार गरे तर चोभारमा पुगेपछि त्यहि युवतीको साहारमा उनी लुटिए ।

युवती र हाल पक्राउ परेका श्रेष्ठसहित अन्यको पूर्वयोजना अनुसार जर्घामगरलाई चोभार पुर्‍याइएको थियो। त्यसपछि केही युवाले जर्घामगरलाई नियन्त्रणमा लिएर उनले लगाएको ६ तोलाको सुनको सिक्री १ थान, मोबाइल २ थान, नगद ७ हजार गरी ६ लाख ३५ हजार रुपैयाँ बराबर लुटपाट गरेका थिए।

यो घटनामा संलग्न दोलखाको शैलुङ गाउँपालिका-३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय सागर भनिने लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो।

घटना गत साउन ८ गतेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार