तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ८, समावेशी टोलअन्तर्गतको साबिकको हिलेपानी गाउँका ६५ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
६५ घरधुरी रहेको समावेशी टोलकी अध्यक्ष एवं नेकपा नेतृ इन्दिरा भट्टराईको नेतृत्वमा १६५ युवा तथा टोलका बासिन्दा कांग्रेस प्रवेश गरेको वडा सभापति कृष्णप्रसाद रेग्मीले जानाकारी दिए ।
उनीहरुलाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले टीका, खादा लगाएर पार्टीमा स्वागत गर्दै कांग्रेसको सदस्यता प्रदान गरे ।
युवा नेता पौडेलले नेपाली जनताको पीडा बुझ्ने पार्टी नै कांग्रेस भएकाले कांग्रेसको पक्षमा जनलहर सिर्जना भएको जिकिर गरे । नवप्रवेशी भट्टराईले कम्युनिस्टहरुको झुटो राजनीति र भ्रष्ट प्रवृत्तिबाट आजित भएर आफूले ३४ वर्षसम्म दुःख गरेको पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको बताइन् ।
















