हेल्पिगं ह्यान्ड्स क्यानडाले फुड बैंक क्यानडालाई आर्थिक सहयोग गर्ने !

टोरोन्टो।

अन्तर्राष्ट्रिय नेपाली टोपी दिबस तथा अंग्रेजी नयाँ बर्ष २०२१ को शुभ अबसरमा क्यानडामा रहेको नेपालीहरुको सामाजीक संथा “सिमारहित सहयोगी हातहरु ” (Helpinghands WithoutBorders) ले भर्चुअल माध्यमबाट आज आठौ नेपाली टोपी दिवसका साथै अंग्रेजी नयाँ बर्ष २०२१ को शुभकामना आदान प्रदान गरेको छ ।

नयाँ बर्ष तथा टाेपी दिवश शुभकामना आदान प्रदान कार्यक्रमका सहभागिहरूमा संथाका सल्लाहकारहरु अनिल थापा, डा.अर्जुन केसी, ज्योति बैध्य, सालीग्राम अर्याल र नेपाल प्रतिनिधि माधब राज घिमिरे लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सल्लाहकार मण्डलका तर्फबाट अनिल थापाले राख्नुभएको प्रस्ताव अनुमोदन गर्दै क्रिसमस तथा नयाँ बर्षको उपलक्ष्यमा फुड बैंक क्यानडालाई संथाले ५०० डलर आर्थिक सहयोग गर्ने जनाएको छ ।

भबिष्यमा नेपाल तथा अन्य मूलुकमा समेत संथाले सामाजीक कार्यमा योगदान गर्दै जाने संथाका प्रबक्ता राजु थापाले बताएका छन् । कार्यक्रम संथाका अध्यक्ष अन्जनी राज भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार