– जीएनएन, काठमाडौँ ।

गैरआवासीय नेपाली संघ एनआरएनएले बोेलाएको विशेष अधिवेशन रोक्न माग गर्दै ५ जना एनआरएन अभियन्ताहरुले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई एक पत्र लेखेका छन् ।
चिन्तामणी सापकोटा, आइसीसी सदस्य, स्पेन; शंकर खड्का, आइसीसी सदस्य, संयुक्त राज्य अमेरिका; दिपक शर्मा, आइसीसी सदस्य, अस्ट्रेलिया; विजय मोक्तान, आइसीसी सदस्य, जर्मनी तथा रोशन थापा, क्षेत्रीय संयोजक, एनआरएनए अफ्रीकाले एक संयुक्त पत्र लेख्दै परराष्ट्र मंत्रीको ध्यानाकर्षण गराएका हुन् ।
गत २२ नोभेम्वर २०२० मा बसेको संघको ७५ औं अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकमा अध्यक्ष कुमार पन्तले २३ र २४ जनवरी २०२१ मा संघको विशेष महाधिवेशन गर्न प्रस्ताव राखेका थिए । भर्चुअल रुपमै बोलाइएको उक्त महाधिवेशन एनआरएनएको विधान विपरीत भएको भन्दै एनआरएन नेताहरुले परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
हेर्नोस् खुल्ला पत्रको पूर्ण पाठ:


















