नक्कली पिसिआर रिपोर्ट देखाएर दुबई जान खोज्ने पक्राउ

काठमाडौं ।

नक्कली पिसिआर रिपार्ट बनाएर दुबई जान खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर भएका सुदिप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ पक्राउ गेरको प्रहरीले जनाएको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार