अष्ट्रेलियामा हिमानी कोषको शाखा स्थापना

सिड्नी ।

अष्ट्रेलियामा हिमानी कोषको शाखा स्थापना भएको छ । नेपालमा बिभिन्न सामाजिक काममा सक्रिय रहेको हिमानी कोषको अष्ट्रेलिया शाखा स्थापना भएको हो ।

पूर्वयुवराज्ञी हिमानी शाहले नेतृत्व गरिरहेकी यो कोषको अष्ट्रेलिया च्याप्टर गत शनिबारका दिन सिड्नीमा स्थापना भएको हो । अष्ट्रेलियामा रहेका नेपाली समुदाय, संघ संस्थाका प्रतिनिधिहरु र हिमानी कोषका शुभचिन्तकहरुको भेलाले शाखा स्थापना गरेको हो ।

अष्ट्रेलिया शाखाको अध्यक्षमा अन्जना कार्की बस्नेत चयन भएकी छिन् । त्यस्तै, कोषको महासचिवमा समिम अनवर, कोषाध्यक्षमा प्रगति राणा र प्रवक्तामा रेश्मा थापा, पब्लीक अफिसरमा राम खत्री, सदस्यहरुमा रचना बानियाँ, ऋषिकेश न्यौपाने, अनु पाण्डे, दिपक गौतम, कमला बस्नेत र ईश्वर गिरि रहेका छन् । त्यसैगरी भेलाले कोषको सल्लाहकारहरु मा डा. शम्सेरसिंह थापा, दिनेश कुमार पोखरेल, डा रामकृष्ण निरौला, डिला खरेल, स्वतन्त्र प्रताप शाह र भोमादेवी लिम्बुलाई सर्ब सम्मत चयन गरेको छ।

कार्यक्रममा कोषकी प्रमुख संस्थापक हिमानी शाहले भिडियो सन्देशमार्फत प्रबाशमा समेत हिमानी कोष विस्तार गर्न लागिएको र यसको पहिलो शुरुवात अष्ट्रेलिया बाट भएकोमा अष्ट्रेलियामा रहेका सबैलाई धन्यवाद दिदै निस्वार्थ यसमा आबद्द समितिका सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार